logo

२०८३ साउन १३ बुधबार

अष्ट्रेलिया छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको च्याम्पियन

अष्ट्रेलिया छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको च्याम्पियन


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । अष्ट्रेलियाले छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । गएराति केपटाउनमा भएको फाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो ।

    अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।

    यस्तै, चलोइ ट्रायनले २५, मरिजानी कप्पाले ११ र ताजमिन ब्रिटिसले १० रन बनाइन् । अस्ट्रेलियाका लागि मेगन स्कुट, एश गार्डनर, डारसी ब्राउन र जेस जोनासेनले एक÷एक विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

    अष्ट्रेलियाका लागि बेथ मुनीले ७४ रनको योगदान गरिन् । यस्तै, एश गार्डनर २९, अलेसा हिलीले १८ तथा ग्रेस ह्यारिस र मेग लनिङले १०/१० रन बनाए । दक्षिण अफ्रिकाका लागि मरिजानी काप र शवनिम स्मेलले समान २/२ विकेट लिए भने नोनकुलुलेको माल्बा र चलोइ ट्रयनले एक÷एक विकेट लिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend