logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति निर्वाचनकाबारेमा पार्टीको धारणा तय गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रपति निर्वाचनकाबारेमा पार्टीको धारणा तय गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    पार्टी कार्यालय वसुन्धारामा बस्ने बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

    पुस १० मा बनेको सातदलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकोमा माघ २२ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend