logo

२०८३ साउन १४ बिहिबार

इटलीमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५९ पुग्यो

इटलीमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५९ पुग्यो


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ।

    दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन् ।

    उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको कठिन अवस्थाका कारण पलायन भइरहेको इटलीका राष्ट्रपतिले बताए । घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोजीले ३० जना अझै बेपत्ता रहेको हुनसक्ने बताए ।

    इटलीको आन्सा समाचार एजेन्सीका अनुसार मृतकमध्ये केही महिनाको एउटा बच्चासमेत रहेको ठानिएको छ। तट रक्षकले डुबेपछि किनारसम्म पुग्न सफल भएकासहित ८० जनालाई जीवितै फेला पारेको जनाएका छन् ।

    डुङ्गा दुर्घटना हुँदा त्यसमा कति मानिस थिए भन्नेबारे यकिन सङ्ख्या स्पष्ट छैन। केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend