logo

२०८३ असोज ७ बुधबार

एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजना मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् । सोमबार बिहान बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

    सरकारमा एमालेले एक उपप्रधानमन्त्रीसहित आठ मन्त्री पाएको थियो। जसमध्येमा उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, कृषि तथा पशुपन्छी मन्त्रीमा ज्वालाकुमारी साह, महिला तथा बालबालिका मन्त्रीमा भगवती चौधरी‚ परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल‚ स्वास्थ्यमन्त्रीमा पदम गिरी‚ वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमिसुधार मन्त्रीमा राजेन्द्र राई र रक्षामन्त्रीमा हरि उप्रेती थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend