logo

२०८३ साउन १३ बुधबार

यू–१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हरायो

यू–१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हरायो


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । यू–१९ आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । हङकङलाई हराउँदै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो । हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए ।

    यस्तै उत्तम रङ्गु थापा मगरले ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रन बनाएर आउट भए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले १ विकेट लिए । यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो । हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए ।

    बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २÷२ विकेट लिए । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अङ्क तालिकामा नेपाल र यूएईको समान ६ अङ्क भए पनि नेट रनरेटको आधारमा यूएई शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा छ ।

    प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्वकपका लागि छनोट हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend