logo

२०८३ साउन १४ बिहिबार

बुढासुब्बा गोल्डकपमा पाँच पटकको विजेता पुलिस पराजित

बुढासुब्बा गोल्डकपमा पाँच पटकको विजेता पुलिस पराजित


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    धरान । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो ।

    काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच लिम्बू नै घोषित भए । उनले १० हजार पुरस्कार प्राप्त गरे ।

    पुलिस क्लबले दोस्रो, चौथो, पाँचौँ, १०औँ र १९औँ संस्करणको बुढासुब्बा गोल्कपको उपाधि जितेको थियो । बीसौँ संस्करणमा भने पुलिस क्लब उपविजेता बनेको थियो । काँकडभिट्टाले बुधबार सेमिफाइनलमा भारतको युकेएफसीसित प्रतिस्पर्धा गर्नेछ ।

    यसअघि युकेएफसी धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ । मङ्गलबार क्वाटरफाइनलमा एन्फा मोरङ र बङगलादेशको केबिपिएस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही फागुन २० गते फाइलन खेल हुने प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend