logo

२०८३ साउन १४ बिहिबार

‘जनयुद्ध’ र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय

‘जनयुद्ध’ र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

    त्यससम्बन्धी विस्तृत विवरण मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शाहदात प्राप्त गरेका सहिदको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्ने भएको हो ।

    आजको मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको दिन कुन–कुन सरकारी कार्यालय खोल्ने भन्नेबारेमा पनि निर्णय गरेको छ ।

    शुक्रबारको मन्त्रिपरिषद्ले गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार तीन सय ५१ तोक्ने, चालु आर्थिक वर्ष २०७९/८० का लागि उक्त मूल्य निर्धारण गर्ने र सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने लगायतका निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend