logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरेः अध्यक्ष नेपाल

राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरेः अध्यक्ष नेपाल


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1K
    SHARES

    सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

    एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि सोमबार सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए ।

    मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो । “नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ”, उनले भने, “यसमा माओवादी केन्द्र त छँदैछ ।”

    जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए ।

    आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताएका उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए । उनले विसं २०७५ गठन भएको नेकपा ब्युताउनुपर्ने कुरा आफूले राख्दै आएको स्पष्ट पारे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend