logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति निर्वाचनः आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने

राष्ट्रपति निर्वाचनः आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

    आजै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उमेदवारी दर्ता गरिएको थियो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ ।

    उनी आठ दलका साझा उम्मेदवार छन् । उम्मेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र सम्मर्थक बसेका थिए । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend