logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपति रनिङ शिल्डमा पाँचखाल प्रथम

राष्ट्रपति रनिङ शिल्डमा पाँचखाल प्रथम


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काभ्रे । चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाँचखाल नगरपालिका प्रथम भएको छ । काभ्रेको पनौती क्षेत्रीय रङ्गशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ ।

    प्रतियोगितामा पाँचखाल नगरले १२ स्वर्ण, छ रजत र १० काश्य पदकमा विजयी भई प्रथम भएको हो । नौ स्वर्ण, १० रजत जितेको पनौती नगर दोस्रो भएको छ भने सात स्वर्ण र छ रजत जितेको चौँरीदेउराली गाउँपालिकाले तेस्रो स्थान हासिल गर्यो ।

    भलिबल छात्रतर्फ खानीखोला प्रथम, पनौती दोस्रो, चौँरीदेउराली तेस्रो र पाँचखाल चौथो भएका छन् । छात्रातर्फ भने चौंरीदेउराली प्रथम, नमोबुद्ध दोस्रो, धुलिखेल तेस्रो र बेथान्चोक चौथो भएका हुन् ।

    यस्तै कबड्डी खेलमा छात्रतर्फ पनौती, रोशी, बनेपा, पाँचखाल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् । छात्रातर्फ भने बनेपा, पनौती, रोशी र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो भएका हुन् ।

    त्यस्तै प्रतियोगितामा एथ्लेटिक्स्तर्फ पाँचखाल, चौँरीदेउराली र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो भएका थिए ।

    डब्लुटिएफ तेक्वान्दो खेलतर्फ पनौती, चौँरीदेउराली र बेथानचोक क्रमशः प्रथम, दोस्रो, र तेस्रो भएका छन् । करातेतर्फ बनेपा, खानीखोला र बेथान्चोक क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend