logo

२०८३ साउन १४ बिहिबार

१४ कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण

१४ कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण मागेको छ । कार्यालयले व्यवसायी तथा आपूर्तीकर्ताहरूलाई किन कालोसूचीमा नराख्ने भन्दै सूचना जारी गरेको हो ।

    सरकारी ठेक्कामा सहभागी भई काम अपलत्र पार्ने कम्पनीलाई सम्बन्धित निकायले कालोसूचीमा राख्न सिफारिस गरेका १४ कम्पनीको नाम सार्वजनिक गरेको हो ।

    अहमद मियाको अहमद हुसेन कन्स्ट्रक्सन, वंसिधर गुप्ताको गुप्ता निर्माण सेवा दाङ, नविन खनालको केपी कन्स्ट्रक्सन अर्घाखाँची, प्रमिला थापा ओम शान्ति निर्माण सेवालाई लिखित स्पष्टीकरण माग गरेको छ ।

    त्यस्तै, गिताञ्जली निर्माण र खुसी निर्माण सेवा, कमोद कन्स्ट्रक्सन प्रालि, गौत ऋषि कन्स्ट्रक्सन, फैसल एन्ड अफजल कन्स्ट्रक्सन, सम्बुद्ध सप्लायर्स, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्सलाई स्पष्टिकरण सोधेको छ ।

    कार्की किचन, सर्जिकोम डिस्ट्रिब्युटर्स, सुरज जेनरल अर्डर सप्लायर्स र फेव नेपाल प्रालिलाई किन कारबाही नगर्ने भनी स्पष्टिकरण माग गरेको हो । स्पष्टिकरण सोधिएका कम्पनीले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचनामा उल्लेख गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend