logo

२०८३ साउन १४ बिहिबार

पाकिस्तानले देश विकासका लागि युवालाई सक्रिय बनाउने

पाकिस्तानले देश विकासका लागि युवालाई सक्रिय बनाउने


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताएका छन् ।

    उनले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि उनले जानकारी दिए ।

    पाकिस्तानमा जारी रहेको युवा महोत्सवको अवसरमा उनले सरकारले देशका सबै युवा वर्गलाई देश विकासको काममा सहभागी र सक्रिय बनाउने योजना बनाएको र त्यसका लागि आवश्यक स्रोतको पनि व्यवस्था गरेको बताए ।

    देशको विकासमा युवा वर्गको ठूलो योगदान पुग्न सकोस् भनेर सरकारले समावेशी प्रकृतिको युवा नीति ल्याउने र त्यसबाट उनीहरु सक्रिय र जागरुक बन्न सक्ने स्पष्ट पारे ।

    उनले देशको ६० प्रतिशत जनसङ्ख्या युवा रहेको भन्दै यो जनशक्तिको योगदानबाट देशको विकास हुने पनि बताए ।

    उनले पाकिस्तान सरकारले सन् २०२३ लाई युवा वर्षका रुपमा मनाइरहेको र यस वर्ष युवाहरुको हक अधिकारको रक्षाका लागि पनि विभिन्न कार्यक्रमहरु ल्याउने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend