logo

२०८३ साउन १५ शुक्रबार

नेपालद्वारा मलेसिया १० विकेटले पराजित

नेपालद्वारा मलेसिया १० विकेटले पराजित


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । यु-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार चौथो खेलमा जित निकालेको छ । मङ्गलबार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो ।

    मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

    यो जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अब नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend