logo

२०८३ साउन १४ बिहिबार

तालिबानको कारबाहीमा इस्लामिक स्टेटसका कमाण्डरको मृत्यु

तालिबानको कारबाहीमा इस्लामिक स्टेटसका कमाण्डरको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 2.3K
    SHARES

    अफगानिस्तानको राजधानीमा कूटनीतिकनियोगहरू विरुद्ध हमला गर्ने योजना बनाएको कथित इस्लामिक स्टेट्स कमाण्डरलाई तालिबान सेनाले मारेको एक सरकारी अधिकारीले बताएका छन् ।

    अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा हिंसा नाटकीय रूपमा घटेको छ । तालिबान सेनाले आइएसका क्षेत्रीय गुप्तचर तथा सञ्चालन प्रमुख कारी फतेहलाई आइतवार राति गरेको एक कारबाहीको क्रममा मारिएका तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउका छन् ।

    फतेहले ‘काबुलमा कूटनीतिक नियोगहरू, मस्जिदहरू र अन्य लक्ष्यहरू विरुद्धको हालैका कारबाहीहरू प्रत्यक्ष रूपमा मास्टरमाइन्ड गरेका थिए’, मुजाहिदले विज्ञप्तिमा भनेका छन् । काबुलको खैर खाना क्षेत्रमा रहेको अर्को एक कारबाहीमा एक अन्य आईएस सदस्य मारिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend