logo

२०८३ साउन १५ शुक्रबार

शेयर बजारमा झण्डै चार अंकको गिरावट

शेयर बजारमा झण्डै चार अंकको गिरावट


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । सोमबार तीन अङ्कले घटेको शेयर बजार मंगलबार पनि घटेको छ । मंगलबार नेप्से ३ दशमलव ८१ अङ्कले घटेर २ हजार १९ दशमलव ७३ विन्दुमा झरेको छ ।

    आज जलविद्युत्, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    बजार घटेको दिन आज २ सय ६२ वटा कम्पनीको ३९ लाख ४६ हजार कित्ता शेयर १ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज प्रिमियर इन्सुरेन्स कम्पनी र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर सबैभन्दा धेरै झन्डै ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend