logo

२०८३ साउन १३ बुधबार

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फिर्ता

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1K
    SHARES

    टर्कीमा रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएका टर्कीका रक्षामन्त्री हुलुसी अकारले बताएका छन् ।

    यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्कीमा ‘आफ्ना घर, बालबालिका र आफन्त गुमाएका’ सिरियालीहरू स्वदेश फर्किरहेका दक्षिणी हाते प्रान्तमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हुलुसीले बताएका हुन् ।

    सन् २०११ मा गृहयुद्ध सुरु भएपछि आफ्नो देशबाट भागेका लगभग ३५ लाख सिरियाली शरणार्थीहरू टर्कीमा रहेका छन् । लगभग आधा शरणार्थीहरूले विनाशकारी भूकम्पबाट प्रभावित दक्षिणी टर्कीमा शरण लिएका छन् ।

    टर्की सरकारले गत वर्ष सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा पूर्णरूपमा फर्कन प्रोत्साहित गर्न दुई छिमेकी देशबीचको राउन्डट्रिप गर्न अस्थायी सुरक्षा अनुमतिका साथ प्रतिबन्ध लगाएको थियो ।

    त्यसपछि सरकारले भूकम्पपछि शरणार्थीहरूका लागि आवतजावत गर्ने यात्रा प्रतिबन्धलाई पनि खुकुलो बनाएको छ ।

    फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्की र सिरियामा ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend