logo

२०८३ साउन १४ बिहिबार

युक्रेनले मस्कोमा ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसको दाबी

युक्रेनले मस्कोमा ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसको दाबी


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1K
    SHARES

    रुसको राजधानी मस्को नजिकै युक्रेनको ड्रोन दुर्घटना भएको छ । युक्रेनले सोमबार मध्यराति मस्कोमा ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसी अधिकारीहरूले दाबी गरेका छन् । यद्यपि, त्यो सफल हुन नसकेको उनीहरूको दाबी छ ।

    दुर्घटना भएको ड्रोन युक्रेनमा बनेको पाइएको छ । आक्रमण योजना सफल नहुँदै ड्रोन दुर्घटनामा परेकाले त्यसबाट कुनै क्षति नभएको बीबीसीले जनाएको छ ।

    मस्कोका गभर्नर आन्द्रेइ बोरोब्योबले युक्रेनले मस्कोलाई लक्षित गर्दै ड्रोनबाट प्रहार गर्ने प्रयास गरेको आरोप लगाए । युक्रेनले भने हालसम्म रुसको भूमिमा आक्रमण गरेको जिम्मेवारी लिएको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend