logo

२०८३ साउन १४ बिहिबार

रेल दुर्घटनामा ग्रीसमा कम्तिमा २६ जनाको मृत्यु

रेल दुर्घटनामा ग्रीसमा कम्तिमा २६ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1K
    SHARES

    ग्रीसमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

    मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक रेल आपसमा ठोक्किएका हुन् । यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो ।

    दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

    रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको थेसाली क्षेत्रका गभर्नर कोन्स्टान्टिनोस अगोरास्टोसले बताएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend