logo

२०८३ साउन १५ शुक्रबार

सोमालियाका ५० लाख नागरिक खाद्य सङ्कटको चपेटामा

सोमालियाका ५० लाख नागरिक खाद्य सङ्कटको चपेटामा


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 949
    SHARES

    राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ ।

    सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ ।

    खाद्यान्न सम्बन्धी विज्ञलाई उदृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताए ।

    उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये करिब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ ।

    अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend