ग्रीसमा मङ्गलबार अबेर राति दुईवटा रेल आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका छन् ।
ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार राति तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ ।
उद्दारको प्रयास जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ग्रिसमा रेल दुर्घटनामा परी ३२ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुको साथै अन्य ८५ घाइते भएका ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।
दुई रेलहरू बीचको टक्करको गम्भीरताका कारण क्रेन बोक्ने सवारीहरूले निकाल्ने काममा सहयोग गरिरहेका फायर ब्रिगेडले विज्ञप्तिमा जानकारी दिइएको छ ।
ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले एक सय ९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend