logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । बुधबार नेप्से २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा झरेको हो ।

    बुधबार सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

    आज २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोसीको ८ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै बोटलर्स नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend