logo

२०८३ असोज ७ बुधबार

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतबाट घटेर आयो इन्धनको मूल्य


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको हो ।

    नेपाल आगल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा , डिजेल प्रतिलिटर पाँच रुपैया, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ ।

    त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले बताएको छ ।

    नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्याङ्कन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ । जसअनुसार आज १ तारिखमा नयाँ मूल्य भारतले पठाएको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend