logo

२०८३ असोज ७ बुधबार

केपी ओली कपको उपाधि मछिन्द्रलाई

केपी ओली कपको उपाधि मछिन्द्रलाई


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लवले जितेको छ । बुधबार भएको फाइनल खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लवलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको थियो ।

    पेनाल्टीमा मछिन्द्रका पाँचै खेलाडीले गोल गरेका थिए । मछिन्द्रका रजिन धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी, उमुलाजाले गोल गरेका थिए ।

    उता सातदोबाटोका अब्बु बकारीको प्रहार विशाल श्रेष्ठले बचाए थिए भने निरज चौधरी, दिपेन राज सिंह, एक राज बुढाथोकीले गोल गरेका थिए । यसअघि खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

    खेलको पाँचौ मिनेटमा नै मछिन्द्रले अग्रता बनाएको थियो । मछिन्द्रले पाँचौ मिनेटमा पाएको फ्रिकिकमा गोल गरेका थियो । देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिकमा ओलाओले ओलडिपोले गोल गरेका हुन् ।

    त्यसपछि खेलको १८ औं मिनेटमा सातदोबाटोले बराबरी गोल गर्यो । सातदोबाटोको सुदिप गुरुङको क्रसमा जोर्डन ओवानाले हेडमार्फत गोल गदैए बराबरी गरेका हुन् । त्यसपछि खेलमा कुनै पनि टोलीले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टीमार्फत भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend