logo

२०८३ साउन १४ बिहिबार

युएईलाई नेपालले दियो १९२ रनको लक्ष्य

युएईलाई नेपालले दियो १९२ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । आईसीसी यु १९ विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली युएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए ।

    यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ युएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २÷२ विकेट लिए । नेपाल केहीबेरमा बलिङ गर्नेछ ।

    नेपालले सुरुवाती सबै चार खेल जितेको छ । यूएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्व कप पुग्न निर्णायक हुनेछ ।

    सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल यूएईसँग एक रनले डकवर्थ लुइस पद्धतिको आधारमा पराजित हुँदै दुई वटा विश्व कप खेल्न पाएको थिएन । नेपाल र यूएईबीचको विजेता टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend