logo

२०८३ असोज ७ बुधबार

सत्तामा हुँदा कहीँ कतै नचुकेको भन्दै राष्ट्रपतिमा मत दिन सांसदहरुलाई पौडेलेले पठाए पत्र

सत्तामा हुँदा कहीँ कतै नचुकेको भन्दै राष्ट्रपतिमा मत दिन सांसदहरुलाई पौडेलेले पठाए पत्र


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनका लागि मत माग्दै सांसदहरुलाई पत्र पठाएका छन् ।

    काठमाडौंमा बिहीबार आयोजित आठ दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा पौडेलका तर्फबाट मत माग्दै पत्र वितरण गरिएको हो ।

    पत्रमा उनले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गरेका छन् । पत्रमा भनिएको छ, ‘नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउदै आएँ। फलतः निर्दलीय निरङ्कुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको तीसवर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ । बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनहरुमा पनि कहीँ कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दूर कोशिस गर्दै आएको छु।’

    उनले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउदै आएको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend