logo

२०८३ साउन १५ शुक्रबार

शेयर बजारमा २६ अंकको गिरावट

शेयर बजारमा २६ अंकको गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बिहीवार उच्च अङ्कले घटेको छ । बुधबार २४ दशमलव ४४ अङ्कले घटेको नेप्से बिहीबार २६ दशमलव ४७ अङ्कले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २ सय ५६ वटा कम्पनीको ३६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बुद्धभूमि नेपाल जलविद्युत् कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend