logo

२०८३ साउन १४ बिहिबार

अब आउने राष्ट्रपतिले संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छः अध्यक्ष नेपाल

अब आउने राष्ट्रपतिले संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छः अध्यक्ष नेपाल


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् ।

    बिहीबार काठमाडौंमा आठ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता रहेको बताए ।

    उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रकासामु अनेकन चुनौतिहरु आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक भएको बताए ।

    अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरुलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend