logo

२०८३ साउन १४ बिहिबार

नेपाल यु-१९ क्रिकेटको विश्वकपमा छनोट

नेपाल यु-१९ क्रिकेटको विश्वकपमा छनोट


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले घरेलु टोली युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई ७ रनले हराएको हो । यो जितसँगै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेको हो । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहको विश्व कप खेलेको थियो ।

    नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले ‘ह्याट्रिक’ सहित ५ विकेट लिए ।

    यसअघि आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए ।

    यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए ।

    नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो । यु-१९ विश्वकप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend