सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ ।
एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाले चेतावनी दिएको हो ।
सेभ द चिल्ड्रेनले सोमालियाको राजधानी मोगादिसुमा जारी गरेको विज्ञप्तिमा मानवीय आवश्यकता उच्च र अत्यावश्यक रहेको उल्लेख गर्दै मानवीय संस्थाहरूले जीवन रक्षक सहायता प्रदान जारी राख्न थप कोषको माग गरेको छ ।
सोमालिया भोकमरीको उच्च विन्दुमा पुगेकोसोमालियाका सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर मोहम्मद हसनले बताए ।
उनले भने, “स्थिति अत्यन्तै गम्भीर छ, किनकि देशले मार्चदेखि जुनसम्म औसतभन्दा कम वर्षा हुने सम्भावना बताएको छ । यसले खाद्यान्नको मूल्य असाधारण रूपमा उच्च हुनेछ ।”
च्यारिटीका अनुसार सन् २०२२ को डिसेम्बरदेखि कुपोषणको सिकार हुने बालबालिकाको सङ्ख्यामा कुनै परिवर्तन आएको छैन, यद्यपि गम्भीर कुपोषित हुने अनुमान गरिएको बालबालिकाको सङ्ख्या पाँच लाख १३ हजार ५००बाट घटेर करिब चार लाख ८० हजारमा झरेको छ ।
सोमालियामा कम वर्षा भएमा अनिकालको जोखिम कायमै रहने र विस्थापित जनसङ्ख्यालगायत अति जोखिममा रहेका व्यक्ति तथा द्वन्द्वका कारण पुग्न कठिन क्षेत्रमा बसोबास गर्ने मानिसहरूसम्म मानवीय सहायता पुग्न नसकेमा अनिकालको जोखिम कायमै रहने चेतावनी दिँदै थप मानवीय क्षति हुन नदिन तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरिएको छ ।
सन् २०२२ मा, संयुक्त राष्ट्रसङ्घले सोमालियाले चार दशकको सबैभन्दा खराब खडेरीको सामना गरिरहेको र यसका कारण खाद्यान्नको अनिकालको चेतावनी दिएको थियो ।
लगातार पाँच बर्षायाममा बर्षाको मात्रा अति कम भएकोले सन् २०११ को पुनरावृत्तिको चिन्तालाई बढावा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सन् २०११ मा करिब दुई लाख ६० हजार मानिसहरूको मृत्यु भएको थियो ।
मोहम्मदका अनुसार मानवीय प्रयासले सम्भावित अनिकालबाट जोगिएको भए तापनि देशभर भोकभोकै हुने र कुपोषित बालबालिकाको सङ्ख्या चिन्ताजनक रूपमा उच्च छ ।
उनले तत्काल मानवीय आवश्यकतालाई सम्बोधन गर्न र भोकमरीको दीर्घकालीन समाधान लागू गर्न अझै पनि विश्वव्यापी प्रतिक्रियाको खाँचो रहेको बताए ।
उनले भने, “सोमालियाका लागि मानवीय सहायतामा कमी आएसँगै तीव्र कुपोषणको सिकार हुने बालबालिकाको सङ्ख्यामा वृद्धि भएकोमा हामी चिन्तित छौँ र यदि रकम फिर्ता लिइयो भने घातक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छौँ ।”
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend