logo

२०८३ असोज ७ बुधबार

भूकम्प प्रभावित सिरियामा ३७ लाख बालबालिका जोखिममा रहेका युनिसेफको भनाई

भूकम्प प्रभावित सिरियामा ३७ लाख बालबालिका जोखिममा रहेका युनिसेफको भनाई


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    संयुक्त राष्ट्रसङ्घीय बाल कोषका प्रमुखले गत महिना गएको भूकम्पबाट प्रभावित युद्धग्रस्त सिरियाका केही भागका ३७ लाख बालबालिकामा गम्भीर जोखिम हुनसक्ने चेतावनी दिएको छ ।

    टर्कीमा गत फेब्रुअरी ६ मा गएको भूकम्पमा परी ५० हजारभन्दा बढीको मृत्यु भएको थियो भने सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा मात्रै कम्तीमा ८८ लाख मानिस विनाशकारी भूकम्पबाट प्रभावित भएका छन् ।

    सिरियाको प्रभावित क्षेत्रमा रहेका ३७ लाख बालबालिकाले धेरै बढ्दो र सम्भावित विनाशकारी खतराहरूको सामना गरिरहेका युनिसेफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिवेदनमा विपद्को भावनात्मक र मनोवैज्ञानिक प्रभावका साथै रोगको बढ्दो जोखिम र ‘करिब १२ वर्षको द्वन्द्वका कारण जोखिममा परेका परिवारका लागि आधारभूत सेवामा पहुँचको अभाव’ उल्लेख गरिएको छ ।

    युनिसेफले सिरियामा भूकम्पबाट प्रभावित २६ लाख बालबालिकासहित ५४ लाख मानिसका लागि तत्काल जीवनरक्षाका लागि सहयोग गर्न १७ करोड २७ लाख अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend