logo

२०८३ असोज ७ बुधबार

नेपाली यू-१९ टोली स्वदेश फिर्ता

नेपाली यू-१९ टोली स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । विश्वकपमा छनोट भएको नेपाली यू-१९  राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली शुक्रबार साझा स्वदेश फर्किएको हो ।

    आइसिसी यू-१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो ।

    नेपाल आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए ।

    त्यस्तै यु १९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए ।

    नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु–१९ विश्वकप खेलेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend