logo

२०८३ असोज ७ बुधबार

व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : अध्यक्ष केसी

व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : अध्यक्ष केसी


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् । शुक्रबार बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले स्वार्थको राजनीतिले नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताए ।

    अध्यक्ष केसीले सत्ताको लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरू सकाउने खेलमा लागेको बताए । गाउँमा बस्ने सर्वसाधारलाई गणतन्त्र गएर लोकतन्त्र आएर केही फरक नै पार्न नसकेको अध्यक्ष केसीको भनाइ छ ।

    “प्रणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, सङ्घीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएन”, उनले भने । अध्यक्ष केसीले भने, “यहाँको व्यवस्थापासँग किसानहरूलाई सोझासाझा जनतालाई त्योसँग सरोकार हुँदैन, मात्र उनीहरूलाई नुन के भाउमा पाइन्छ ?, तेल के भाउमा पाइन्छ ?, छोराछोरीलाई स्कुल पठाउँदा कति ‘फी’ तिर्नुपर्छ ?, लत्ताकपडा चामल कसरी जोहो गर्नुपर्छ ?, त्यो बेलाको समस्या छुन्छ ।”

    राजनीति गर्नेहरूले देश र जनताको लागि नभई आफ्नो स्वार्थका लागि गर्ने गरेकाले आम नागरिकको जीवनमा परिवर्तन हुन नसकेको उनले दाबी गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend