logo

२०८३ साउन १३ बुधबार

जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने

जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ ।

    दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ ।

    जापानको अघिल्लो मुख्य प्रक्षेपण यान एच–२–ए रकेटबाट विकशित एच–३ रकेटको प्रक्षेपण प्रणालीमा गडबडी र खराब मौसमका कारण धेरै पटक ढिलाइ भएको छ ।

    फेब्रुअरी १७ मा जाक्साले एयरफ्रेमको ब्याट्रीबाट यसको मुख्य इन्जिनको कन्ट्रोल युनिटमा केही सेकेन्डका लागि विद्युतीय करेन्ट काटिएपछि प्रक्षेपण रद्द गरेको बताएको थियो ।

    जाक्सा र मित्सुबिसी हेभी इन्डस्ट्रिजले सन् २०१४ मा संयुक्तरुपमा विकास गरेको रकेटको लागत २०० अर्ब येन (करिब १.४६ अर्ब अमेरिकी डलर) रहेको छ ।

    दाइची–३ भूउपग्रहलाई विपद् व्यवस्थापनमा सहयोग पु¥याउन प्रयोग गरिने बताइएको छ । नयाँ रकेटले आफ्नो पूर्ववर्ती रकेटको तुलनामा लगभग ३० प्रतिशत बढी भारी बोक्न सक्ने बताइएको छ । प्रक्षेपणको लागत ५० प्रतिशत कम हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend