logo

२०८३ साउन १३ बुधबार

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा शाह चयन

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा शाह चयन


हाम्रो राष्ट्र
  • शनिबार, २० फाल्गुन २०७९
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष चयन भएका छन् । माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले शाहलाई उपाध्यक्ष चयन गरेको हो ।

    साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण एसियाका अन्य प्रतिनिधिलाई महासंघको विभिन्न जिम्मेवारी दिएको कर्णाली प्रदेश सांसद समेत रहेका शाहले बताए ।

    शाहले आफूलाई प्राप्त जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा श्रीलंकाका फर्नान्डो पलिथा उपाध्यक्षमा शाहसहित माल्दिभ्सका थोलाल र भुटानका छेवाङ रिन्जिङ रहेका छन् । त्यस्तै पाकिस्तानका जाफर महासचिव, भारतका रविन्दर चौधरी वरिष्ठ संयुक्त सचिव, माल्दिभ्सका मुनिथ्थे संयुक्त सचिव र बंगलादेशका अब्दुल रोविक कोषाध्यक्ष चयन भएका छन् ।

    त्यस्तै महासंघले श्रीलंका र बंगलादेशका समान एक महिला प्रतिनिधिलाई सदस्यमा चयन गर्नेछ । यसअघि पनि महासंघ गठनको प्रयास भएपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन । महासंघ गठनसँगै दक्षिण एसियाली राष्ट्रका बीचमा सिनियर र जुनियर च्याम्पियसिप आयोजनाको संख्या बढ्ने सम्भावना रहेको शाहको बुझाई छ ।

    शाहले संघको आयोजनामा फागुन २३ गते गोकर्णमा आयोजना हुने एसियन क्रस कन्ट्रीमा दक्षिण एसियाली राष्ट्रका प्रतिनिधि समेत रहेका महासंघका पदाधिकारी काठमाडौं आउने सम्भावना छ । संघले २२ वर्षपछि नेपालमा च्याम्पियनसिपको आयोजना गर्दैछ । सिनियर र जुनियरमा गरि १९ नेपाली खेलाडीले च्याम्पियनसिपमा भाग लिने तयारीमा छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend