logo

२०८३ असोज ७ बुधबार

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भयोः अध्यक्ष ओली

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भयोः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शनिबार, २० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन् ।

    शनिबार भक्तपुरमा एमाले निकट बुद्धिजीवी परिषद केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई भ्रममा पार्न एमालेमाथि प्रहार गर्न लागिपरेका बताएका हुन् ।

    अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीहरुले विगुल फुक्नुपर्ने बताए ।

    उनले भने, ‘मुख्यकुरा इतिहास निर्माणका प्रेरक शक्ति हिजो पनि आज पनि, भोलि पनि जनता हुन् । जनतालाई अलमल्याउने, तर्साउने, धम्क्याउने अथवा उनीहरुको चेतना वा मनोबल कुनै हिसावले परिवर्तन वा रुपान्तरणतर्फ जान नदिने तत्वलाई परास्त गर्नु पर्छ ।’

    उनले जनताको चेतनास्तरमाथि उठाउने काममा बुद्धिजीवीहरुले ध्यान दिनुपर्ने बताए । उनले राजनीतिक जागरण, राजनीतिक परिवर्तन, राजनीतिक रुपान्तरणको विकास गर्नुपर्नेमा जोड दिए ।

    उनले भने,‘एमाले जस्तो पार्टी, जो देश बनाउँछ, देशका लागि लड्छ, त्यस्तो पार्टी चुनावमा हार्छ, हार्ने स्थिति छ, बहुमत ल्याउँदैन भने राजनीति कहाँ छ भन्ने थाहा पाउनुपर्यो। जनताको चेतना कहाँ छ भन्ने थाहा पाउनुपर्यो।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend