logo

२०८३ असोज ७ बुधबार

नाइजेरियामा तेलको पाइपलाइन विस्फोट हुँदा १२ जनाको मृत्यु

नाइजेरियामा तेलको पाइपलाइन विस्फोट हुँदा १२ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २० फाल्गुन २०७९
  • 1.2K
    SHARES

    नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    नदीको इमुओहा स्थानीय सरकारी क्षेत्रको रुमुएक्पे समुदायमा स्थानीय बासिन्दाहरूले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विस्फोट भएको रिभर्सका प्रहरी प्रवक्ता ग्रेस इरिन्गे–कोकोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

    यद्यपि पीडितहरूको परिचय भने खुल्न सकेको छैन । यसैबीच स्थानीयवासीले पाइपलाइनबाट इन्धन निकाल्न प्रयोग गर्ने पाँचवटा सवारीसाधन र चारवटा ट्राइसाइकल विस्फोट भएको ठाउँमा जलेर खरानी भएको पनि प्रहरी प्रवक्ताले बताए ।

    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त घटना शुक्रबार बिहानै पाइपलाइनबाट सिफन गरिएको कच्चा तेलले भरिएको बस सो क्षेत्रको अवैध रिफाइनिङ प्वाइन्टतर्फ जाने क्रममा आगोमा परेको थियो र सो दुर्घटना भएको थियो ।

    नाइजेरियामा तेलका पाइपलाइन तोडफोड र तेल चोरी बारम्बार दोहोरिरहने घटनाहरू हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend