logo

२०८३ साउन १४ बिहिबार

दलीय सहमतिको लिखित हस्ताक्षर विना नाउपाले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने

दलीय सहमतिको लिखित हस्ताक्षर विना नाउपाले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने


हाम्रो राष्ट्र
  • शनिबार, २० फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति विना सुदूरपश्चिम सरकारले विश्वासको मत दिन नसकिने बताएको छ ।

    शनिबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक संजालमार्फत दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत दिन नसकिने बताएकी हुन् । उनले भनेकी छन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत दिन सकिँदैन ।’

    आइतबार सुदूरपश्चि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन् । त्यसको अघिल्लो दिन नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिवद्धता मागेको हो ।

    माघ २६ गते एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई सोही दिन प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend