logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्रीले चीनविरुद्ध गद्दारी गरेको ओलीको आरोप

प्रधानमन्त्रीले चीनविरुद्ध गद्दारी गरेको ओलीको आरोप


हाम्रो राष्ट्र
  • शनिबार, २० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन् ।

    शनिबार स्थानीय तह कर्मचारी संघ, नेपालले एमाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्रीले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका हुन् ।

    उनले सरकारको निर्णय खतरनाक भएको बताए । मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्र राष्ट्र चीन विरुद्धको गद्दारी गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो ।’

    त्यसैगरी अध्यक्ष ओलीले सरकारले भारतबाट आयात हुने तरकारी परीक्षण गर्न नपर्ने निर्णय गरेको भन्दै आपत्ति जनाए । उनले विषादी खुवाएर नेपाली जनता मार्ने काम सरकारले गर्न खोजेको भन्दै त्यसविरुद्ध उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend