logo

२०८३ साउन १५ शुक्रबार

बङ्लादेशमा अक्सिजन प्लान्टमा विष्फोट हुँदा ६ जनाको मृत्यु, ३० घाइते

बङ्लादेशमा अक्सिजन प्लान्टमा विष्फोट हुँदा ६ जनाको मृत्यु, ३० घाइते


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा अक्सिजन प्लान्ट विष्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

    राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा शनिबार राति विष्फोट भएको हो ।

    विष्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको रोयटर्सले जनाएको छ । अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् ।

    अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend