logo

२०८३ साउन १४ बिहिबार

नाइजेरियामा बोको हरामको अपहरणमा परेका १४ जनाको उद्धार

नाइजेरियामा बोको हरामको अपहरणमा परेका १४ जनाको उद्धार


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    नाइजेरियाको उत्तरी राज्य कादुनाबाट अपहरणमा परेका १४ जनाको उद्धार गरिएको छ । सो कादुना राज्यबाट सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए ।
    बन्धक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उद्धार गरेको हो । कादुना क्षेत्रमा नाइजेरियाका बोको हराम आतङ्ककारी समूहको प्रभाव रहेको बताइएको छ । ती १४ जनालाई पनि उनीहरुले नै अपहरण गरेर लगी बन्घक बनाएका प्रहरीको भनाई छ ।

    सो क्षेत्रमा नाइजेरियाली संयुक्त सुरक्षा फौजले केही महिनादेखि सशक्त कारबाही अघि बढाएको छ । त्यसैक्रममा उनीहरुलाई अपहरणमुक्त गरेको बताइएको छ ।

    नाइजेरियाको कादुना राज्यका प्रहरी प्रमुखले सो कुराको जानकारी दिएका छन् । उनीहरुको उद्धारका क्रममा भएको सुरक्षा कारबाहीमा परेर एकजना अपहरणकारीको ज्यान गएको र अरु केही भागेका उनले जनाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend