काठमाडौं । यही फागुन २३ गते आयोजना हुने १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनीप एथ्लेटिक्समा भाग लिन विदेशी खेलाडीहरु नेपाल आउने क्रम सुरु भएको छ ।
एसियन एथ्लेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथ्लेटिक्स संघको आयोजनामा हुने प्रतियोगितामा १ दर्जनभन्दा बढी मुलुकका करिब ४ सय ५० खेलाडीले सहभागिता जनाउने बताइएको छ ।
प्रतियोगितामा सहभागि हुन नेपाल आएका चीन, हङकङ, जापान लगायत राष्ट्रका खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाल एथ्लेटिक्स संघका केन्द्रीय सचिवालय सदस्य राजन खत्रीले स्वागत गर्नुभएको थियो । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलो मिटर र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलो मिटरका कुल ४ विधामा व्यक्तिगत र टिम ईभेन्ट्सहरुमा प्रतिष्पर्धा हुनेछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend