logo

२०८३ साउन १४ बिहिबार

एन्फाद्वारा यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

एन्फाद्वारा यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल फुटबल संघ(एन्फा)ले एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

    आइतबार एन्फा मुख्यालयमा कार्यक्रम गरी नेपाली यू–२० महिला टोलीलाई बिदाइ गरेको हो । समूह बी मा रहेको नेपालले छनोटको खेल प्यालेस्टाइनमा खेल्नेछ । नेपाली टोली आइतबार राति त्यसतर्फ प्रस्थान गर्नेछन् ।

    नेपाल रहेको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड छन् । छनोटका खेलहरु मार्च ८ देखि १२ सम्म हुनेछ । नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

    नेपालले समूहको दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

    नेपाली टोली

    गोलकिपरः कविता बिक, सावित्री किसन, लिला जोशी
    डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
    मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही
    फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दीपा भोलान ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend