logo

२०८३ साउन १३ बुधबार

नेपाल र लाओसको खेल बराबरीमा

नेपाल र लाओसको खेल बराबरीमा


हाम्रो राष्ट्र
  • बिहिबार, २५ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेको छ । बिहीबार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी गरे ।

    खेलमा लाओसले शुरुवाती अग्रता लिएको थियो । उसका लागि खेलको ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गोल गरे । पहिलो हाफमा लाओस १–० ले अघि रह्यो । खेलको दोस्रो हाफको ४९ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि अञ्जन विष्टले गोल गरे । यो गोलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गोलमा कीर्तिमान बराबरी गरेका छन् ।

    अञ्जनको यो १३ औँ अन्तर्राष्ट्रिय गोल हो । नेपालबाट हरि खड्का र निराजन रायमाझीको पनि अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १३ छ । आफ्नो ६० औँ खेलमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी गरेका अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुनेछ । दुई खेलमा अघि रहने टोली विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend