logo

२०८३ साउन १३ बुधबार

आगामी प्रतियोगिता नखेल्नै भन्दै सन्दीपले लिए टोलीबाट नाम फिर्ता

आगामी प्रतियोगिता नखेल्नै भन्दै सन्दीपले लिए टोलीबाट नाम फिर्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने भएका छन् । सामाजिक संजालमार्फत लामिछानेले आफूले भारी मनका साथ प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका छन् ।

    उनले भनेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्काे भेट नभए सम्म।’

    नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । ती खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend