logo

२०८३ साउन १३ बुधबार

नेप्सेमा झण्डै ३१ अंकको गिरावट

नेप्सेमा झण्डै ३१ अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अङ्कले घटेको छ ।
    आइतबार नेप्से ३० दशमलव ७७ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend