logo

२०८३ साउन १५ शुक्रबार

काभा भलिबलमा नेपाल साउदी अरेबियासँग पराजित

काभा भलिबलमा नेपाल साउदी अरेबियासँग पराजित


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।
    कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा शुक्रबार पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । त्यस्तै खेलको तेस्रो सेट २३–२५ ले गुमाएको नेपाललले चौथो सेट २७–२५ ले जित्यो ।
    त्यसपछिको निर्णायक पाँचौँ सेट नेपालले १६–१४ ले गुमाएपछि नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित हुन पुग्यो । प्रतियोतिामा यससँगै चार खेल खेलेको नेपालको यो दोस्रो हार हो । नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
    त्यस्तै नेपालले यसअघि बङ्गालादेशलाई ३–१ र अफगानिस्तानलाई ३–२ को सेटमा पराजित भएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा भोलि  उज्वेकिस्तान खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend