logo

२०८३ साउन १३ बुधबार

पाकिस्तानमाथि भारतको सानदार जित

पाकिस्तानमाथि भारतको सानदार जित


हाम्रो राष्ट्र
  • शनिबार, २७ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । शनिबार साँझ पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले ओभरमा मात्रै ३ विकेट गुमाएर भेटायो । भारतका लागि रोहित शर्माले ८६ रन बनाए ।

    यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए ।

    भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिए । यो विश्वकपमा भारतले ती खेल खेलेकोमा सबैमा जित निकालेको छ भने पाकिस्तानले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ । भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend