logo

२०८३ असोज ७ बुधबार

आइएईएका अधिकारीलाई आणविकस्थल निरीक्षणको अनुमति दिने इरानको वाचा

आइएईएका अधिकारीलाई आणविकस्थल निरीक्षणको अनुमति दिने इरानको वाचा


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए)का निरीक्षकहरूलाई आफ्ना आणविक स्थल तथा जडान गरिने उपकरणको निरीक्षणका निम्ति अनुमति दिने वाचा गरेको छ ।

    इरानी अधिकारीहरूले आफूसँग त्यस्तो वाचा गरेका आइएईएका प्रमुखले बताएका हुन् ।
    संयुक्त राष्ट्रसङ्घीय निकाय आइएईएका महानिर्देशक राफेल मारियानो ग्रोसीले शानिबार इरानका राष्ट्रपति इब्राहिम रायसी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।

    सोही क्रममा उनीहरूले आइएईएका निरीक्षणकर्तालाई सम्बन्धित स्थानमा पहुँच दिने वाचा गरेका महानिर्देशक ग्रोसीले बताए । विगतमा राष्ट्रसङ्घीय निकायलाई ती स्थानमा इरानले पहुँच दिन अस्वीकार गरेको थियो ।

    इरानले के कस्ता उपकरण पुनस्थापना गर्छ भन्ने विस्तृत जानकारी भने महानिर्देशक ग्रोसीले दिएनन् । यद्यपि उनले विगतका अवरोध क्रमशः पन्छिदै गएका र केही ठोस कार्य गर्न चाहेको इरानी सङ्केत आफूले पाएको बताए ।

    उनले इरानको आश्वासनलाई सकारात्मक मान्नुपर्ने बताए । तेहरानले आफ्नो विवादित आणविक कार्यक्रमको निगरानी गर्ने आइएईएका अधिकारीलाई पहँुच दिनुपर्नेमा लामो समयदेखि राष्ट्रसङ्घले माग गर्दै आएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend