logo

२०८३ साउन १३ बुधबार

सातदोबाटोले जित निकाल्दा सकंटा र आर्मी बराबरीमा

सातदोबाटोले जित निकाल्दा सकंटा र आर्मी बराबरीमा


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

    प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १–१ अंक बाडेका छन् ।

    यस्तै आइतबार नै ललितपुरको च्यासल रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको ४५ औं मिनेटमा दीपक राज ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

    तर, पहिलो हाफको इन्जुरी समयमा निकोलस सङले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । यस जितसँगै सातदोबाटोले ३ अंक जोडेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend