logo

२०८३ साउन १५ शुक्रबार

टी–२० क्रिकेट सिरिजमा नेपालद्वारा हङकङ पराजित

टी–२० क्रिकेट सिरिजमा नेपालद्वारा हङकङ पराजित


हाम्रो राष्ट्र
  • बिहिबार, २ कार्तिक २०८०
  • 2K
    SHARES

     

    काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

    हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

    नेपालका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३४ बलमा ६ छक्कासहित ४२ रनको योगदान दिएका हुन् । कप्तान रोहितकुमार पौडेलले अविजित २५ रन बनाए भने गुल्सन झाले अविजित १४ रन जोडे । कुशल भुर्तेल ८ रनमा आउट भए ।

    हङकङका लागि एहशान खानले तीन विकेट लिए भने यासिम मुर्ताजाले एक विकेट झारे । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    हङकङलाई ९४ रनमा समेट्नेक्रममा नेपालका करण केसीले चार विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए । त्यस्तै कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend